Artist Gallery ।गायिका:स्मिता घिमिरे

संगीतखबर,३ माघ,काठमाण्डौ ।
नेपाली सांगितीक क्षेत्रमा सुनिएको नाम हो स्मिता घिमिरे । पहिलो एल्बम ‘स्मी’ मार्फत उनी सांगितिक क्षेत्रमा उदाएकी थिईन् । उक्त एल्बममा बाह्र गीत समाबेस गरिएको थियो र चार गीतको भिडियो समेत सार्बजनिक भए । सोहि एल्बमको ‘ए भन्छन्’ बोलको गीत उनको पहिलो थियो र यहि गीतले नै उनलाई गायिकाको रुपमा चिनायो ।smita ghimire sk3स्मिताले दिपक जंगम संग दुई बर्ष र संगीत शिरोमणी नराराज ढकाल संग छ महिना संगीत प्रशिक्षण समेत लिएकी छिन् । उनी अहिले दोस्रो एल्बम ‘स्माईल’ सार्बजनिक गर्ने तयारीमा छिन् । यस एल्बममा सात वटा गीत समाबेस गरिने भएको छ ।

पहिलो एल्बममा गायक कमलमान सिंह संग काम गरेकी स्मिताले यस पटक भने जोहेब मानन्धर संग काम गर्दैछिन् । यो एल्बम नयाँ बर्षमा सार्बजनिक हुने भएको छ । यो एल्बमका दुई गीतमा उनको आफ्नै शब्द तथा संगीत रहनेछ ।

गायिका स्मिता घिमिरे अहिले उपन्यास लेखनमा समेत ब्यस्त छिन् । उनले एउटी सानी बालिकाले सेक्सुअल हेरेस्मेन्टमा भोगेका पिडाहरुलाई समाबेस गरी उनले उपन्यास लेख्दैछिन् । गायिका घिमिरे साहित्यमा समेत सकृय हुदै आएकी छिन् ।

फोटो ग्यालरीमा स्मिता घिमिरे