किन गरे माया सार्बजनिक (भिडियो)
संगीतखबर,११ जेठ,काठमाण्डौ ।
अभि फिल्मसको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘किन गरे माया’ को शिर्ष भिडियो गीत सोमबार युटुबमा सार्बजनिक गरिएको छ । रिलिजको पुर्ब सन्ध्यामामा उक्त गीत सार्बजनिक गरिएको हो ।
रमेश बोगटीको निर्देशन र दिलकुमार प्यासी र हिरालाल घलानको लगानीमा निर्माण गरिएको चलचित्रमा चार गीत छन् । सार्बजनिक गीतमा मनिषा पोख्रेल लगायतको स्वर रहेको छ ।
यस चलचित्रमा आयुष रेग्मी,सन्जु सिल्वाल,सरु घले,हरिष तिमिल्सिना,सुष्मा कार्की,रश्मी भट्ट र दिलकुमार प्यासीको अभिनय रहेको छ । चलचित्रलाई हिरालाल घलानले निर्माण गरेका हुन् ।
चलचित्रमा मनोज हमाल र सुरेश पान्डेको नृ्त्य निर्देशन,शंकर महर्जनको दन्द निर्देशन रहेको छ । दिब्य सुबेदी र निरज कडेलले छाँयाकन गरेको चलचित्रमा मित्र गुरुंङको सम्पादन रहेको छ ।
Comment Here!