filmybazar-australia-top-ad
लौन ! यस्तो पनि तीज गीत (भिडियो)

संगीतखबर,२४ असार,काठमाण्डौ ।
असार साउन लागेपछि लोक गायक गायिकाहरूलाई भ्याइनभ्याइ हुन्छ । पछिल्लो समय तीज आउन दुई महिना बाँकी हुदा देखी नै तीजका गीतहरू सार्वजनिक हुन थाल्छन् । जसमध्ये केही गीत र कलाकारले चर्चा संगै गतिलो आम्दानी समेत गर्ने मौका समेत हो ।prakash katuwalयसै क्रममा यस अघिका तीजका गीतले नै चर्चामा रहेका गायक प्रकाश कटुवाल र श्रीदेबी देबकोटाले यस पटक पनि नयाँ तीज गीतको भिडियो सार्बजनिक गरेका छन् । यि दुईका गीत प्राय:चर्चा र बिबादमा समेत हुने गरेको छ । अहिले प्रकाशको तीज गीतमा कला संस्कृतिको बिषयलाई उठान गरे पनि यस्तो पनि तीज गीत हो र भन्ने जिज्ञासा हुन सक्छ ।

‘भनेको नमाने काशी तिर जाउ’ बोलको तीजको गीतमा आफ्नो संस्कृति तथा परम्परालाई तोड्दै आएका युवायुवतिलाई लक्षित गरी व्यंग्यात्मक शैलीमा वान पिस लाएर हिँडे बीच बाटो मै खोलिदिने लगायतका कुराहरू समावेश गरिएको छ ।

सार्बजनिक गीतमा विनोद ढकालको शब्द तथा प्रकाश कटुवालको संगीत रहेको छ । शंकर बि.सीको निर्देशित गीतमा रमा थपलिया र मनोज आचार्य पनि अभिनय रहेको छ ।